नियम ५१
विशेष संरक्षणको आवश्यकता सम्बन्धी प्रतिवेदन
(१) स्थानीय तहले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको बाबुआमा र परिवारको स्थिति, हेरचाह तथा पालनपोषणको अवस्था र सम्भाव्य स्थितिको आधारमा बालबालिकाको उचित सहायता /र व्यवस्थापनका लागि प्रतिवेदन पेश गर्न ऐनको दफा ६२ क्रो उपदफा (२) बमोजिम नियुक्त समाजसेवीलाई लगाउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम समाजसेवीले बुझाएको प्रतिवेदनलाई बाल कल्याण अधिकारीले देहाय बमोजिम बालबालिकाको उच्चतम हित हुने गरी कार्यान्वयन गर्नु पर्नेछः- (क) गिशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सहयोग ८ उपलब्ध गराउँदा बाबुआमा दुवैसँग, आमा वा बाबुमध्ये एकजना जिवित भए-निजसँग, सो नभए परिवारका: अन्य सदस्य वा संरक्षकसँग राखी हेरचाह तथा उपचार गर्ने व्यवस्था मिलाउने,

(ख ऐनको दफा ४४८ को उपदफा (१) को खण्ड (ग) बमोजिमका बालबालिकाका बाबुआमालाई सहयोग उपलब्ध- गराउँदा आफ्ना बालबालिका आफैसँग राख सम्भव भएमा बाँलबालिकालाई बाबुआमा दुवै वा बाबुआमा मध्ये एकजनाको साथमा राखी बालबालिकाको हेरचाह गर्ने व्यवस्था गर्ने,

(ग) ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमका बालबालिकाका बाबु वा आमा मध्ये एकजना कारागार बाहिर भएमा निजसँग राखेर बालबालिकाको हेरचाह गर्ने व्यवस्था गर्ने र सो सम्भव नभएमा मात्र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने, (घ) ऐनको दफा ७ को उपदफा (४), दफा ४८ को उपदफा (१):को खण्ड (ज), झ) र (ट) . बमोजिमका बालबालिकाको लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले सञ्चालल गरेका वा यस नियमावलीबमोजिम सञ्चालन अनुमति लिएका संस्थाको समन्वयमा स्वास्थ्योपचार, मनोसामाजिक परामर्श सहयोग, दुर्व्यसन उपचार केन्द्र लगायतका लाभकारी कार्यक्रमको बारेमा सम्बन्धित बालबालिका र अभिभावकलाई जानकारी दिई त्यस्तो बालबालिकाको उपचार, पारिवारिक वा अन्य सहयोग सरोकारवालासँग समन्वय गरी उपलब्ध गराउने,

(छ| ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (ठ) बमोजिमका बालबालिकालाई प्रचलित कानून बमोजिमका सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराई निजलाई परिवारमा नै राखी आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य सेवा एवं पोषण लगायतका सुविधामा पहुँचको निमित्त सहयोग गर्ने। (३) उपनियम (२) बमोजिमको प्रतिवेदन कार्यान्वयन गर्दा बाल कल्याण अधिकारीले बालबालिकालाई हिंसा; दुर्व्यवहार वा बेवास्ताबाट जोगाउने वा स्वास्थ्य उपचारका लागि बाहेक बालबालिकालाई बाबुआमा वा परिवारबाट छुट्याउने गरी सहयोग गर्न वा सो प्रयोजनका निमित्त कुनै पनि किसिमको सिफारिस गर्न पाउने छैन ।